१६ बैशाख २०८३, बुधबार । April 30, 2026

आज दिनभर के भयो ?

नेपालको जित ! अदालतलाई डा. केसीको चेतावनी ! सुन बरामद ! मेयरको छोरी बेपत्ता…


१३ चैत्र २०८०, मंगलबार  

54
Shares

१. आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालको पक्षमा
आयरल्याण्ड ‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल ७१ रनले विजयी भएको छ । नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय २७ रनमा समेटिएको थियो । आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए । यस्तै मोर्गन टपिङ्गले २१, केड कारमाइकलले १८ तथा कप्तान निल रकले १७ रन बनाए । बलिङतर्फ नेपालका कुशल मल्ल र सोमपाल कामीले समान तीन तीन तथा विवेक यादव, कुशल भुर्तेल र करण केसीले एक एक विकेट लिएका थिए ।


२. नेप्सेमा दोहोरो अङ्कको सुधार
मंगलबार नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको छ । विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा वित्त समूह ०.६, जीवन बीमा समूह ०.१८ र व्यापार समूह ०.१४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ ।


३. अदालतलाई डा. गोविन्द केसीको चेतावनी !
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईंद्वारा झापामा सञ्चालित मेडिकल कलेजलाई अनुमति दिन अदालतले सोमबार दिएको आदेश सुधार्न चेतावनी दिएका छन् । अदालतको आदेशप्रति ध्यानाकर्षण भएको भन्दै मंगलबार उनले जारी गरेको विज्ञप्तिमा कसैको निहित स्वार्थमा कानून प्रतिकूल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्न सक्ने भएकाले न्यायालयले त्यस्तो गल्ती सुधार्नुको विकल्प नरहेको उल्लेख गरिएको छ । देशको कानून र संविधानमा टेकेर हुने कुनैपनि फैसला मान्नु सबैको कर्तव्य हुने उल्लेख गर्दै डा. केसीले ऐन प्रतिकूल फैसला आएको अवस्थामा तत्काल न्यायिक पुनरावलोकन मा जानुपर्ने बताएका छन् ।


४. ५० ग्राम सुनसहित एक युवक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । भन्सार छलेर ल्याएको उक्त सुनसहित सिरहाको धनगाढीमाई नगरपालिका–११ का २३ बर्षीय पुरुषोत्तम शर्मा पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले ५० ग्राम तौलको सुनको ब्रासलेट बरामद गरेको थियो ।


५. विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
बेलायत, अस्टे«ेलिया र माल्दिभ्स पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको शंखरापुरका ३८ बर्षीय सुवास आचार्य, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ का २७ बर्षीय महेन्द्र अधिकारी र म्याग्दी बेनी नगरपालिका–४ का ३९ बर्षीय राममाया गुरुङ पक्राउ परेका छन् । आचार्यले बेलायत पठाईदिने भन्दै १६ लाख ८० हजार ठगी गरेको आरोप लागेको छ । त्यस्तै अधिकारीले अस्ट्रेलिया पठाइदिने भन्दै १२ लाख ठगी गरेको आरोप छ । यता, गुरुङले भने आकर्षक तलबमा माल्दिभ्स पठाउन भन्दै नक्कली भिसा देखाएर ३ लाख ठगी गरेको आरोप छ ।


६. श्री एयरलाइन्सले थप्यो विमान
निजी क्षेत्रको श्री एयरलाइन्सले ८० सिट क्षमताका थप दुइ विमान काठमाडौं अवतरण गराएको छ । एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ नेपाल ल्याएको हो । ती जहाजको कलसाइन नाइन एन–एओके र नाइन एन–एओएल रहेको कम्पनीले जनाएको छ । ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो । योसँगै श्री एयरलाइन्ससँग अब १० वटा जहाज उपलब्ध रहेका छन् ।


७. मेयर हमालको छोरी बेपत्ता
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन भएकी छन् । आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् । ओशो साधन आरती केही महिनादेखि आशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक