२९ चैत्र २०८२, आइतबार । April 12, 2026

मंगलबार नेप्सेमा उछाल, ९ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार उत्साहजनक देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.४६ अंकले उकालो लाग्दै २७६०.१७ विन्दुमा पुगेर दिन समाप्त भएको छ। नेप्सेमा आएको यो वृद्धिसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको देखिन्छ। मंगलबार ३१७ कम्पनीका २ करोड ६५ लाख १७ हजार २०९ कित्ता सेयरहरू किनबेच…