१४ श्रावण २०८३, बिहिबार । July 30, 2026

सोमबार दोहोरो अंकले घट्यो नेप्से


३० असार २०८२, सोमबार  

12
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले लचक मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन सेयर बजारमा उत्साह घट्दै गएको देखिएको छ।

सोमबारको कारोबारमा नेप्से परिसूचक ३५.०९ अंकले घटेर २,७२५.७१ अंकमा झरेको छ। सो दिन ३२१ वटा कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयरहरू किनबेच भए। कुल कारोबार रकम ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ पुगेको छ।

बजारमा केही कम्पनीका लगानीकर्ताहरूले लाभ उठाए पनि धेरैले घाटा बेहोर्‍नुपरेको छ। विशेषगरी, माइखोला हाइड्रो र हिमालयन हाइड्रोका सेयरधनीहरूले राम्रो कमाइ गरेका छन्। तर, सामुदायिक लघुवित्त र धौलागिरी लघुवित्तमा लगानी गर्नेहरू भने घाटामा परेका छन्।

कम्पनीगत कारोबारको हिसाबले हेर्दा एनआरएन इन्फ्रास्ट्रक्चरले सबैभन्दा बढी ४० करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार गर्दै अग्रस्थान ओगटेको छ।

यसअघि मौद्रिक नीति सार्वजनिक भएको पहिलो दिन बजारमा हरियो संकेत देखिएको थियो। तर, दोस्रो दिन त्यो सकारात्मक संकेत टिक्न नसकेको प्रष्ट देखिएको छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर