७ कार्तिक २०८३, शनिबार । October 24, 2026

सोमबार दोहोरो अंकले घट्यो नेप्से


३० असार २०८२, सोमबार  

12
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले लचक मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन सेयर बजारमा उत्साह घट्दै गएको देखिएको छ।

सोमबारको कारोबारमा नेप्से परिसूचक ३५.०९ अंकले घटेर २,७२५.७१ अंकमा झरेको छ। सो दिन ३२१ वटा कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयरहरू किनबेच भए। कुल कारोबार रकम ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ पुगेको छ।

बजारमा केही कम्पनीका लगानीकर्ताहरूले लाभ उठाए पनि धेरैले घाटा बेहोर्‍नुपरेको छ। विशेषगरी, माइखोला हाइड्रो र हिमालयन हाइड्रोका सेयरधनीहरूले राम्रो कमाइ गरेका छन्। तर, सामुदायिक लघुवित्त र धौलागिरी लघुवित्तमा लगानी गर्नेहरू भने घाटामा परेका छन्।

कम्पनीगत कारोबारको हिसाबले हेर्दा एनआरएन इन्फ्रास्ट्रक्चरले सबैभन्दा बढी ४० करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार गर्दै अग्रस्थान ओगटेको छ।

यसअघि मौद्रिक नीति सार्वजनिक भएको पहिलो दिन बजारमा हरियो संकेत देखिएको थियो। तर, दोस्रो दिन त्यो सकारात्मक संकेत टिक्न नसकेको प्रष्ट देखिएको छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि