२६ असार २०८३, शुक्रबार । July 11, 2026

विद्यार्थीको व्यवहारिक शिक्षा, चौतर्फी विकासमा हामीले ध्यान दिन्छौ


३० असार २०८२, सोमबार  

12
Shares

होटल म्यानेजमेन्ट वा शैक्षिक क्षेत्रमा सिन्धुली कलेजको नाम नसुन्ने सायद कमै होलान् ।

सिन्धुलीमा मात्र नभइ काठमाडौं उपत्यकामा मात्रै नभइ होटल म्यानेजमेन्टको क्षेत्रमा देशैभर शैक्षिक क्षेत्रमा आफ्नो पहिचान बेग्लै बनाएको छ । यसको उत्कृष्ट कार्यले देशैभर चर्चा हुने गरेको पाइन्छ । उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेज अधिकांश विद्यार्थीको रोजाईमा पर्ने गरेको छ ।

समयानुकुल शिक्षा प्रदान गर्दै आएको सिन्धुली कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान सीप मात्र नभई व्यवहारिक तथा प्रयोगात्मक सिकाईमा जोड दिने गरेको छ । यसै सन्दर्भमा कलेजका प्रबन्ध निर्देशक समीर ढकालसँग संक्षिप्त कुराकानी

कुराकानीको शिलशिला स्थापनाबाट अगाडि बढाउन है । सिन्धुली कलेज कहिले स्थापना भएको हो ?

सिन्धुली कलेज सन् ३१ साउन २०७५ मा स्थापना भएको हो । स्थापना हुँदा यो जनकपुर अञ्चल र सिन्धुली जिल्लाको पहिलो होटल म्यानेजमेन्ट कलेज थियो । स्थापना समयमा जम्मा १० जना विद्यार्थीहरूसँग सुरू गरिएको थियो ।

विद्यार्थीले सिन्धुली कलेज नै छनौट गर्ने ?

सिन्धुली एउटा यस्तो केन्द्र हो जहाँका मानिसहरूले शिक्षा जत्तिकै सीपलाई पनि महत्त्व दिन्छन् । यहाँ ऐतिहासिक, भौगोलिक हिसाबले पनि धेरै रोचकता छ र पर्यटकको संख्या पनि बर्सेनि बढ्दो छ । साथै, हामीले कलेज स्थापना गर्दा सिन्धुली प्राविधिक शिक्षाका लागि पनि प्रख्यात भइसकेको थियो । यहाँका विद्यार्थीहरूले भविष्यमा उपयोगी हुन सीप सिक्नुपर्छ भन्ने विश्वास राख्ने, होटल तथा आतिथ्य क्षेत्र पनि फस्टाइरहेको तर दक्ष जनशक्ति अभाव हुनाले यो कलेज स्थापना गरिएको हो । हाम्रो यो सोचलाइ वास्तविकतामा परिणत गर्नको निम्ति हाम्रो सिन्धुलीको सिक्षा क्षेत्रका र समाजका अग्रजहरुको पनि ठुलो भूमिका छ।  र यस्तै विविध कारणहरुले गर्दा हामीले यस कलेजलाइ सिन्धुलीमा स्थापना गरेका हौँ।

अहिले कलेज स्थापना गर्दा के-कस्ता चुनौतीहरू भोग्नुपर्‍यो त्यसको अनुभव सुनाइदिनु न ?

हामी चुनौतीलाई सकारात्मक रूपमा लिन्छौं किनकि चुनौतीहरूले नै हामीलाई सक्षम बनाउँछन् । सुरुमा केहि चुनौतीहरू थिए — धेरैले होटल म्यानेजमेन्टलाई भाँडा माझ्ने, अरूको फोहर भाँडा उठाउने काम सम्झिन्थे । नकरात्मक विष्लेषण गर्नु हुन्थ्यो तर आफ्नै छर छिमेकको कलिलो विद्यार्थीहरुले आर्थिक रुपमा सफलता हासिल गरेर घर परिवारको आर्थिक स्थिति सबल बनाउदै गर्दा यी भ्रमहरु चिरिदै गए। वास्तविकता चांही के हो भने होटल म्यानेजमेन्ट भनेको होटल, रिसोर्ट, रेस्टुरेन्ट, स्पा, क्रुज, एयरलाइन्स जस्ता धेरै सम्मानजनक क्षेत्रहरुमा व्यवस्थापन सिकाउने सिक्षा हो ।

शिक्षा धेरै समस्या तथा अवसर पनि छन् । वास्तवमा शिक्षामा बढी नै चुनौती छन् भन्ने सुनिन्छ खासमा त्यस्तो केही छ र ?

अहिलेका चुनौतीहरू अलि फरक छन् र राम्रो चुनौतीहरू छन् । उदाहरणका लागि, विद्यार्थीलाई इन्टर्नशिप लागि उत्कृष्ट  ५ तारे प्रोपर्टीहरू पत्ता लगाउने, नयाँ मुलुकहरू पत्ता लगाउने जहाँ हाम्रा स्नातकहरूले राम्रो तलब भत्ता सेवा सुबिधा पाउन सकून्, विद्यार्थीलाई सञ्चार र नेतृत्वको महत्त्व बुझाउने, नियमित तालिमबाहेक नयाँ खालका गतिविधिहरू पत्ता लगाउने र सबैभन्दा ठूलो कुरा विद्यार्थीलाई विकासमुखी सोच बनाउन प्रेरित कसरी गर्ने भन्ने जस्ता चुनौतीहरु छन ।

तपाईंहरूले के–के पाठ्यक्रमहरू उपलब्ध गराउनुहुन्छ ?

हाम्रो नाम सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट भए पनि हामीले +2 (एनइबी) होटल म्यानेजमेन्टमा, सामान्य व्यवस्थापन  (जसलाई सिन्धुलीमा कमर्स पनि भन्ने गर्छन) र कम्प्युटर साइन्स पढाउँछौं । साथै, छोटो अवधि र प्राविधिक डिप्लोमा तथा एडभान्स डिप्लोमा कोर्ष पनि छन् । हामीसँग +2 र डिप्लोमाको संयोजन कोर्ष पनि छ । दुई वर्षमा विद्यार्थीले +2 को प्रमाणपत्र र डिप्लोमा प्रमाणपत्र दुबै पाउँछन् । +2 को प्रमाणपत्रले बीबीए, बीएचएम, बीबीएस वा बीएससीआइटी जस्ता विषय पढ्न सहयोग गर्छ भने डिप्लोमा प्रमाणपत्रले विदेशमा काम गर्दा राम्रो अवसर र तलब भत्ता दिलाउँछ ।

अन्य स्थानका कलेजभन्दा सिन्धुली कलेज किन विशेष छ ?

हाम्रो कलेजलाई विशेष बनाउने मुख्य कुरा भनेको व्यावहारिक कक्षा हो, विशेषगरी होटल म्यानेजमेन्टमा । हाम्रो डिप्लोमा कोर्षको ७०–८०% व्यावहारिक हुन्छ, किनकि सीप हस्तान्तरण गर्नु मुख्य कुरा हो । अर्को कुरा के हो भने अन्य कलेजले दुई वर्ष पढाएर आफ्नो भूमिका सिद्धिएको महसूस गर्छन तर हामीले भने विद्यार्थीलाई सम्मानजनक  तलब सहित इन्टर्नशिप गराउँछौं ताकि उनीहरूले प्रत्यक्ष अनुभव लिन सकून् । इन्टर्नशिप पश्चात, जापान, दुबई, कतार, मलेसिया, युरोपजस्ता मुलुकमा रोजगारीका लागि सहि अवसर छनोट गर्न विद्यार्थीलाई सहयोग गर्छौं। हाम्रो कर्तव्य भनेको हाम्रो कलेजमा पढ्ने विध्यर्थिलाई कलेज र परिक्षामा मात्र सफल बनाउनमा हामि सिमित छैनौ, त्यो सिक्षा र त्यो परिक्षाको परिणाम प्रयोग गरेर आफ्नो करिअरमा सफल बनाउनको निम्ति पनि हाम्रो साथ् र सहयोग रहनेछ। शायद यिनै कारणहरुले गर्दा हामी पृथक छौं।

कलेजले हालसम्म के कस्ता र उपलब्धि हासिल गरिसकेको छ ?

सबैभन्दा ठूलो उपलब्धि भनेको सिन्धुलीमा होटल म्यानेजमेन्टमा रहेका चुनौतीहरू पार गर्दै सयौं विद्यार्थीलाई शिक्षा दिन सफल हुनु हो । अर्को गर्वको कुरा के छ भने हामी संग अध्ययन गरेका ७०–८०% विद्यार्थी नेपाल वा विदेशमा रोजगारीमा छन् वा आ–आफ्नो व्यवसाय गरिरहेका छन् । साथै, १० भन्दा बढी विद्यार्थीहरू विदेशी मुलुकमा ‘अर्न एन्ड लर्न’ मोडलमा छन् जहाँ उनीहरूले मासिक ४०,००० देखि ७०,००० कमाउँछन् र ब्याचलर डिग्री पनि पढिरहेका छन् । अर्को चार वर्षमा उनीहरूले स्नातक डिग्रीसँगै अनुभव समेत आर्जन गरेर अझ राम्रो करियर बनाउने छन् । हामीले +२ गरेर हरेस खाएको विद्यार्थीहरुलाइ पनि एउटा भविश्य देखाउन सफल भएका छौं भने ब्याचलर पढेर न्यून आय भएको व्यक्तिलाई दक्ष बनाएर सफल पनि बनाएका छौं। अनगिन्ति कथाहरु छन् र यहि नै हो हाम्रो उपलब्धीहरु पनि

सिन्धुली कलेजको बाहिरतिर खुब चर्चा सुनिन्छ । वास्तवमा त्यस्तो प्रशंसा हुने गरेर के गरिरहनु भएको छ?

एउटा महान व्यक्ति भन्नु हुन्थ्यो, अहिले अनुशासनमा बस र पछि स्वतन्त्रता मज्जाले उपभोग गर तर अहिलेनै स्वतन्त्रता भरपुर उपभोग गर्न चाहन्छौ भने पछि गएर जीवनले तिमीलाई आफ्नो अनुशासनमा राख्छ जुन पिडादायी पनि हुन सक्छ । आतिथ्य क्षेत्र सबैभन्दा अनुशासन, सरसफाई र राम्रो व्यवस्थापनमा ध्यान दिने क्षेत्र हो । विद्यार्थीहरूले ग्रुमिङ, म्यानरिज्म र पढाइ राम्रोसँग मानेसम्म हामी अनुशासनमा जोड नै दिँदैनौं । हामी अनुशासनमा ध्यान दिनु परे पनि परम्परागत अनुशासनमा विश्वास राख्दैनौ, self – awareness र काउन्सिलिङमा जोड दिन्छौं ।

अहिलेको पठन-पाठन र नतिजा बारे केहि भन्न चाहनु हुन्छ?

सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टमा सिन्धुलीका उत्कृष्ट शिक्षकहरू जोडिएको एउटा संस्था हो । हामीले सिकाइमा व्यावहारिक  सिक्षा लागु गरेको पहिलो कलेज भएका कारण सिन्धुलीका चर्चित शिक्षकहरूले हामीलाइ सिन्धुलीको न. १ कलेज बनाउन सहकार्य गरिरहनु भएको छ । हाम्रो सबै कक्षाहरू मल्टिमिडिया मार्फत सञ्चालन हुन्छन् र केहि प्राविधिक विषय वा अध्याय बाहेक अधिकांश अध्यापन पावर पोइन्ट, अडियो/भिडियो मार्फत गरिन्छ । अर्को कुरा, हाम्रो कलेजमा जुन प्रयोगात्मक कक्षा  दिन्छौं, कम्प्युटरको होस्, फ्रन्ट डेस्कको होस, kitchen को होस वा housekeeping को त्यो सिन्धुली जिल्ला मै कसैको छैन र यी practical class हरुले बिद्यार्थीलाइ पढाएको विषयहरु बुझ्न सजिलो हुदो रहेछ।  त्यसैले, हाम्रो अहिले सम्मको परिक्षाको परिणाम हेर्नेहो भने १००% नै रहेको छ। हामी रिजल्टमा मात्र हैन, शिक्षक गण र पठन पाठन प्रणालीमा पनि न. १ हौ।

यस कलेजको शाखा अन्यत्र पनि छ ?

हाम्रो यो कलेजको सिन्धुली वा अन्यत्र कुनै शाखा छैन । हामी केवल रत्माटा, सिन्धुलीमाढी, बी.पी. राजमार्गमा घरेलु कार्यालयको पछाडि रहेको मुख्य कलेजमै सबै कक्षाहरु संचालन गरिरहेका छौं ।

यहाँका विद्यार्थीहरूले पढाइ सकेपछि के गर्छन् वा गर्न सक्छन त ?

यहाँ पढेका वा भविष्यमा पढ्ने विद्यार्थीहरूले थप अध्ययन वा करियर दुवै गर्न सक्छन् । थप अध्ययनका लागि उनीहरूले होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म,बीबीए, बीबीएस, बीएससीआइटी  वा अन्य स्नातक कोर्षहरू नेपाल वा विदेशमा पढ्न सक्छन् । रोजगारीका लागि होटल, रिसोर्ट, बैंक, क्रुज सिप, एयरलाइन्स, ब्यांक्वेट, रेस्टुरेन्ट एन्ड बार, अस्पताल, इभेन्ट म्यानेजमेन्टमा काम गर्न सक्छन् । भन्ने हो भने, सामान्य व्यवस्थापन पढेको विद्यार्थीले शीपको अवाभावको कारण होटल म्यानेजमेन्ट क्षेत्रमा करियर बनाउन शायद पाउँदैनन् तर होटल म्यानेजमेन्ट पढेकाले व्यवस्थापन र होटल व्यवस्थापन दुवै क्षेत्रमा अवसर पाउने गरेका छन।

आगामी दिनमा कलेजको योजनाहरु के-के छन ?

हाम्रो योजना भनेको यो कलेजलाइ अब छिटैनै विश्वस्तरीय कक्षा भवनमा लैजानेनै हो, यस्तो भवन जुन सिन्धुलीमा परिकल्पना बाहिर छ। ५ तारे होटेलको झझल्को दिने अभ्यास गर्नका लागि उत्कृष्ट प्रयोगशालाहरू   विद्यार्थीहरुलाइ पढ्नको निम्ति हौशला प्रधान गर्ने अत्याधुनिक कक्षा कोठाहरु , पर्याप्त मात्रामा खेल सामग्री र खेल मैदान सामाजिक मनोपरामर्स दिने, नेपालको उच्च पदस्तमा रहनु भएका दिग्गजहरु द्वारा हाम्रो विद्यार्थीहरुलाइ प्रोत्साहन प्रधान। यस्तो एउटा कलेजको परिकल्पना गरेको छौं जसले हरेक विद्यार्थीलाइ पढ्नको निम्ति आकर्षित गरोस र यो निकट भविश्यमा छिटैनै हुने छ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

हामी व्यवहारिक कक्षा दिन्छौं, तपाईंको समग्र विकासमा जोड दिन्छौं, औद्योगिक भ्रमण गराउँछौं र तपाईंलाई करियरमा सफल बनाउन सघाउँछौं । सिन्धुली कलेजसँग तपाईंको यात्रा केवल +2 वा दुई वर्षको लागि मात्र होइन, तपाईंको करियर र त्यसपछि पनि तपाईंलाई सफल बनाउन हामी छौं । बजारका हल्लामा नलाग्नुहोस्, गहिरिएर सोचेर आफ्नो भविश्यको निम्ति निर्णय लिनुहोस् । आखिर कुरा दुई वर्ष र +2 को मात्र होइन, तपाईंको भविष्य र करियरको हो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर