२६ बैशाख २०८३, शनिबार । May 9, 2026

आजको मौसमः यी प्रदेशमा भारी बर्षाको सम्भावना


३१ असार २०८२, मंगलबार  

51
Shares

काठमाडौं । देशभर हाल मनसुनी वायुले प्रभाव जमाइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानको आसपास र पूर्वतर्फ औसतभन्दा अलिकति उत्तरतिर रहेको छ, जसले देशभर मौसमी प्रभाव पुर्‍याइरहेको छ। आज दिउँसो देशभर आकाश आंशिकदेखि पूर्ण रूपले बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागहरूमा कतै कतै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तीमध्ये केही स्थानमा भने भारी वर्षा पनि हुन सक्ने महाशाखाको अनुमान छ। यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही भागहरूमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

रातिको समय देशभर सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। तीमध्ये कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

त्यस्तै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही भागहरूमा हुरीबतास चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक