काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर नै देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशभर विशेषगरी पहाडी क्षेत्रहरूमा मौसम बदलीको अवस्था छ। महाशाखाले दिएको जानकारी अनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने…