१५ जेष्ठ २०८३, शुक्रबार । May 29, 2026

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा


३१ असार २०८२, मंगलबार  

51
Shares

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत बनाउने लक्ष्यसहित शशिला मोटर्स प्रा.लि. ले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

एकैपटक १४ वटा गाडी चार्ज गर्न सकिने क्षमता रहेको यो स्टेशन हालसम्म नेपालको सबैभन्दा ठूलो चार्जिङ पूर्वाधार हो ।
१००० केभिए क्षमताको यो चार्जिङ स्टेशनको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका हुन् । चार्जिङ स्टेशनको उद्घाटन गर्दै खाँणले विद्युतीय सवारी साधनको प्रयोग र त्यसको प्रवद्र्धनमा सहयोग पुग्ने कार्य हुनु सह्रानीय रहेको र विद्युतीय सवारी साधनहरु समयको आवश्यकता भएको वताए ।

यस्ता पूर्वाधार विकासले देशलाई हरित यातायाततर्फ लैजाने विश्वास ब्यक्त गर्दै उनले बुटवलमा यति ठूलो चार्जिङ स्टेशन निर्माण हुनु सबैको लागि गौरवको विषय भएको र निजी क्षेत्रको यस्तो लगानीले देशको दिगो विकासमा महत्वपूर्ण योगदान दिने विश्वास समेत ब्यक्त गरे । कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनहरुको प्रयोग उल्लेख्य रुपमा बढे पनि सो अनुपातमा चार्जिङ सुविधा उपलब्ध नभएको भन्दै त्यही समस्या समाधानको लागि आफूहरुले पहल गरेको बताए ।

उपभोक्तालाई भरपर्दो, द्रुत र सुरक्षित चार्जिङ सेवा दिन आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ छ ं। खतिवडाले भने, यो चार्जिङ स्टेशन हामीले केवल व्यवसायिक सोच र उपभोक्ताको हितका लागि मात्रै हैन, वातावरणीय उत्तरदायित्वका दृष्टिकोणले पनि स्थापना गरेका हौं । उनले इभी क्षेत्रमा दीर्घकालीन लगानी र विस्तारको योजना बनिरहेको र निकट भविश्यमै देशका अन्य भागमा पनि यस्तै चार्जिङ स्टेशनहरु संचालनमा ल्याउने जानकारी दिए ।

कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि. का अध्यक्ष दधिराम खरेलले इभी सवारीलाई सफलतापूर्वक संचालन गर्न चार्जिङ स्टेशन र वर्कशप अनिवार्य रहेको भन्दै आफ्नो संस्थाको निरन्तर आग्रहमा शशीला मोटर्सले यो परियोजनामा कार्यान्वयन गरेको बताए ।

यस चार्जिङ स्टेशनमार्फत इलेक्ट्रिक बस, कार, भ्यान लगायत सबै प्रकारका इभीहरूले द्रुत, भरपर्दो र प्राविधिक रूपमा सुरक्षित सेवा पाउनेछन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली