पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका-७ पालुङ कोर्तिुङमा डढेलो निभाउने क्रममा ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको ज्यान गएको छ। प्रहरीका अनुसार, स्थानीय पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउँदै गर्दा टेकबहादुर सर्तुङ्गे भिरबाट लडेर १५ देखि २० मिटर तल खसेका थिए, जसका कारण उनको शुक्रबार मृत्यु भएको हो। घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल पाल्पा…