२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

चैते दसैँ विशेषः नवदुर्गा आराधना, शक्ति साधना र रामनवमीको उल्लास


२२ चैत्र २०८१, शनिबार  

21
Shares

काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीहरू आज चैत्र शुक्ल अष्टमीको दिन पारेर चैते दसैँ पर्व श्रद्धापूर्वक मनाउँदैछन्।

घरघरमा नवदुर्गा भगवतीको पूजा आराधना गरिँदै, शक्ति स्वरूपा देवीको कृपा प्राप्तिका लागि दुर्गा सप्तशती (चण्डी) पाठ तथा विशेष अनुष्ठान भइरहेका छन्। वर्षमा चारवटा नवरात्र पर्ने भए पनि विशेषतः आश्विन शुक्ल र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रलाई विशेष महत्व दिइन्छ।

आश्विन शुक्ल पक्षको नवरात्रमा घटस्थापना, टीका, जमरा र दुर्गा पूजाको परम्परा प्रख्यात छ, जसलाई बडादसैँ भनिन्छ। तर चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रलाई चैते दसैँ भनिन्छ, जसमा अष्टमी र नवमीलाई विशेषरूपमा मनाउने परम्परा रहेको छ। हनुमानढोकाको दसैँघरमा परम्परागत शैलीमा घटस्थापना गरिन्छ र अष्टमीका दिन बलि दिने चलन अझै जीवित छ। रामनवमीका रूपमा मनाइने नवमी तिथिलाई त्रेता युगमा भगवान श्रीरामको जन्मदिवसका रूपमा मानिन्छ।

राजा दशरथ र रानी कौशल्याका सुपुत्र रामको जन्मोत्सवको रूपमा नवमीलाई विशेष पूजा गरिन्छ। चैते दसैँको मूल सार बडादसैँ जस्तै लोकमा सुख–शान्ति र परलोकमा सद्गतिको कामना हो। यस पर्वमा पनि परिवारजन बीच आत्मीयता र जमघट हुने चलन कायम छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, कालिकास्थान, भद्रकाली, बज्रयोगिनीलगायतका शक्तिपीठमा विशेष पूजा–अर्चना गरिन्छ।

यस्तै, उपत्यका बाहिरका पलाञ्चोक भगवती, मनकामना, शैलेश्वरी, वागेश्वरी, कालिकादेवी, गहवामाई, चण्डेश्वरी लगायत स्थानहरूमा पनि भव्य दर्शन र पूजाको आयोजना हुन्छ। धार्मिक मान्यताअनुसार, चैत्र नवरात्रका अवसरमा शक्तिपीठमा पूजा आराधना गर्दा मनोकामना पूर्ण हुने र आत्मिक बल प्राप्त हुने विश्वास गरिएको छ।

नारायणहिटी दरबारअन्तर्गत रहँदै आएको ऐतिहासिक दसैँघर अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको मातहतमा रहेको छ, जहाँ आज पनि परम्परागत पूजा निरन्तर भइरहेको छ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  ६ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ