१ पुस २०८२, मंगलबार । December 16, 2025

दुर्गा प्रसाइँलाई हवाईमार्गमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं | भारतको आसाम राज्यमा आत्मसमर्पण गरेका दुर्गा प्रसाइँलाई आज (शुक्रबार) नेपाल फर्काइँदैछ। मानवअधिकारकर्मीको उपस्थितिमा भारतीय प्रहरीले उनलाई नेपाल प्रहरीको जिम्मा लगाउने तयारी गरेको छ। प्रसाइँ नेपाल आउने खबर फैलिएसँगै उनका आफन्तजन र समर्थकहरू काँकरभिट्टास्थित मेची पुलमा जम्मा भएका छन्। तर, सुरक्षाको कारण देखाउँदै नेपाल प्रहरीले उनलाई वैकल्पिक सीमा नाका गलगलियाबाट ल्याउने निर्णय गरेको छ।…