४ आश्विन २०८३, आइतबार । September 20, 2026

छविराज सुनारको ‘कि सिधै नो भन्देउ’ ले मच्यायो धूम


१ बैशाख २०८२, सोमबार  

60
Shares

काठमाडौं । गायक छविराज सुनारको नयाँ गीत ‘कि सिधै नो भन्देउ’ सार्वजनिक भएसँगै डिजिटल प्लेटफर्महरूमा निकै चर्चा बटुल्दैछ। गत शुक्रबार सार्वजनिक भएको यो गीत युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरूमा श्रोतामाझ लोकप्रिय बन्दै गएको छ।

लोकप्रिय गायिका शान्तिश्री परियार र छविराज सुनारको सुमधुर आवाजले सजिएको यस गीतमा सर्जक नेत्र अर्यालले शब्द सृजना गरेका छन् भने संगीत नन्दु परियारको रहेको छ। एचबिएन किस्मतको संगीत संयोजनमा तयार भएको यस गीतको निर्देशन भने विनोद भण्डारीले गरेका हुन्।

गीतको भिडियोमा चर्चित अभिनेता पल शाह, जुना विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ, जसले गीतलाई थप आकर्षक बनाएको छ।

छविराज सुनार यसअघि ‘लामलाम पिरती’ जस्ता सफल गीतमार्फत नेपाली संगीत क्षेत्रमै चर्चा बटुलेका छन्। उक्त गीतमा प्रकाश सपुत, दिलिप रायमाझी, करिष्मा मानन्धर र प्रिज्मा खतिवडा जस्ता कलाकारहरूको अभिनय रहेको थियो, जसले डिजिटल माध्यममा एक समय तहल्का मच्चाएको थियो।

हाल अमेरिकामा बसोबास गरिरहेका गायक सुनारले नयाँ गीत पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्। अहिलेको समयसम्म ‘कि सिधै नो भन्देउ’ ले युट्युबमा २ लाख ५० हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ, जुन उत्साहजनक प्रतिक्रिया हो।

यो गीतले छविराजलाई फेरि एक पटक चर्चाको शिखरमा पुर्‍याएको देखिन्छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली