१ मंसिर २०८२, आइतबार । November 17, 2025

छविराज सुनारको ‘कि सिधै नो भन्देउ’ ले मच्यायो धूम



काठमाडौं । गायक छविराज सुनारको नयाँ गीत ‘कि सिधै नो भन्देउ’ सार्वजनिक भएसँगै डिजिटल प्लेटफर्महरूमा निकै चर्चा बटुल्दैछ। गत शुक्रबार सार्वजनिक भएको यो गीत युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरूमा श्रोतामाझ लोकप्रिय बन्दै गएको छ।

लोकप्रिय गायिका शान्तिश्री परियार र छविराज सुनारको सुमधुर आवाजले सजिएको यस गीतमा सर्जक नेत्र अर्यालले शब्द सृजना गरेका छन् भने संगीत नन्दु परियारको रहेको छ। एचबिएन किस्मतको संगीत संयोजनमा तयार भएको यस गीतको निर्देशन भने विनोद भण्डारीले गरेका हुन्।

गीतको भिडियोमा चर्चित अभिनेता पल शाह, जुना विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ, जसले गीतलाई थप आकर्षक बनाएको छ।

छविराज सुनार यसअघि ‘लामलाम पिरती’ जस्ता सफल गीतमार्फत नेपाली संगीत क्षेत्रमै चर्चा बटुलेका छन्। उक्त गीतमा प्रकाश सपुत, दिलिप रायमाझी, करिष्मा मानन्धर र प्रिज्मा खतिवडा जस्ता कलाकारहरूको अभिनय रहेको थियो, जसले डिजिटल माध्यममा एक समय तहल्का मच्चाएको थियो।

हाल अमेरिकामा बसोबास गरिरहेका गायक सुनारले नयाँ गीत पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्। अहिलेको समयसम्म ‘कि सिधै नो भन्देउ’ ले युट्युबमा २ लाख ५० हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ, जुन उत्साहजनक प्रतिक्रिया हो।

यो गीतले छविराजलाई फेरि एक पटक चर्चाको शिखरमा पुर्‍याएको देखिन्छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई