१ बैशाख २०८३, मंगलबार । April 15, 2026

नयाँ वर्ष २०८२: शुभकामनासहितको उत्सव, मन्दिरहरूमा भक्तजनको भीड (तस्बिरसहित)


१ बैशाख २०८२, सोमबार  

15
Shares

काठमाडौं । आज विक्रम संवत् २०८२ सालको वैशाख १ गते, नेपाली नयाँ वर्षको पहिलो दिन, देशभर उल्लास र शुभकामनासहित मनाइँदैछ।

नयाँ आशा, योजना र सकारात्मक ऊर्जा बोकेर आएको यो दिनलाई नेपालीहरूले परम्परागत शैलीमा हर्षोल्लासका साथ स्वागत गरेका छन्। नयाँ वर्षको सुरुवातसँगै धेरैले विगत वर्षका अनुभवलाई आत्मसात् गर्दै सफलताको समीक्षा र असफलताको मूल्याङ्कन गर्दछन्। विगतका गल्तीहरूबाट सिक्दै नयाँ संकल्प, योजना र आत्मबलसहित आगामी दिनहरू अझ राम्रो बनाउने अपेक्षा राखिन्छ।

आज बिहानै उठी स्नान गर्ने, घर र आँगन सफा गर्ने, मठ–मन्दिरमा गई पूजा–आराधना तथा दर्शन गर्ने, स्वादिला परिकारहरू पकाई खाने, साथै आफन्त, इष्टमित्र र साथीहरूलाई भेटेर शुभकामना साटासाट गर्ने परम्परा रहेको छ। काठमाडौंको पशुपतिनाथ, बुढानीलकण्ठ, स्वयम्भू, चाँगुनारायण लगायतका प्रसिद्ध मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको उल्लेख्य भीड देखिएको छ। देशका अन्य भागहरूमा समेत पूजाआर्जना गरी नयाँ वर्षको शुभारम्भ गरिँदैछ।

नयाँ वर्षले नेपाली जनजीवनमा शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याओस् भन्ने कामनासहित आजको दिनलाई विशेष रुपमा मनाइँदैछ। नयाँ वर्ष केवल पात्रोको परिवर्तन मात्र नभई, नयाँ उमङ्ग, जोश र आशाको सुरुवातको रूपमा समेत लिइन्छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ११ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व