५ बैशाख २०८३, शनिबार । April 19, 2026

मुस्ताङबाट झण्डै ९ क्विन्टल अवैध शालिग्राम बरामद, संरक्षणको चुनौती थपिँदै


१ बैशाख २०८२, सोमबार  

117
Shares

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोष्टबाट प्रहरीले ठूलो मात्रामा अवैध शालिग्राम शिला बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय छुसाङले ३४ वटा सेतो बोरामा प्याक गरिएको ८९४ केजी शालिग्राम नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमिबाट जोमसोम जाँदै गरेको ग ३ च ८१५२ नम्बरको बोलेरो जीपलाई शंका लागी जाँच गर्दा उक्त शालिग्राम फेला परेको हो। उक्त जीप कुनसाङ रेञ्जिङ गुरुङ नामक ४१ वर्षीय स्थानीयले चलाइरहेका थिए। उनले शालिग्रामहरू लुकाइछिपाई अवैध रूपमा ओसारपसार गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार बरामद शालिग्राम, बोलेरो जीप, चालक तथा शालिग्रामका धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय जोमसोममा बुझाइएको छ। पछि अनुसन्धानको लागि उनीहरूलाई एक्यापको प्रधान कार्यालय पोखरा पठाइएको एक्याप प्रमुख राजेश गुप्ताले जानकारी दिए।

शालिग्राम हिन्दू धर्ममा अत्यन्तै पवित्र मानिने विष्णु भगवानको प्रतीक हो। मुस्ताङको दामोदरकुण्ड क्षेत्र हुँदै कालीगण्डकी नदीमा पाइने शालिग्रामलाई धार्मिक महत्वका कारण धेरै श्रद्धालुहरूले पुजाको रूपमा घर लैजाने गर्छन्। तर पछिल्लो समय यसलाई व्यावसायिक रूपमा ठुलो परिमाणमा ओसारपसार गर्न थालिएको भन्दै प्रशासन, प्रहरी र एक्यापले निगरानी बढाएका छन्।

फुटकर रूपमा व्यक्तिगत प्रयोजनका लागि शालिग्राम लैजान छुट दिइए पनि यस किसिमको ठुलो परिमाणको दोहन र ओसारपसारले मुस्ताङमा शालिग्राम संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। सडक सञ्जालको विस्तार र पर्यटकको चापसँगै शालिग्रामको अत्यधिक दोहन हुन थालेको स्थानीयहरू बताउँछन्।

मुक्तिनाथ, कागबेनी, जोमसोमलगायतका क्षेत्रका फुटकर व्यवसायीहरूले बिक्रीका लागि शालिग्राम राख्ने गरे पनि यस्ता व्यवसायको नियमन चुनौतीपूर्ण बन्न थालेको छ। वार्षिक पाँच लाखभन्दा बढी भक्तजन आउने मुस्ताङमा संरक्षण र धार्मिक आस्थाबीचको सन्तुलन कायम गर्नु अबको प्रमुख कार्यभार बनेको छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १० : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित