७ बैशाख २०८२, आइतबार । April 21, 2025

नयाँ वर्ष २०८२ः अध्यात्म, विज्ञान र उत्सवको एकता



काठमाडौं । आज वैशाख १ गते, विक्रम संवत् २०८२ को पहिलो दिन, सम्पूर्ण देशभर उत्साह र उमङ्गका साथ नयाँ वर्ष मनाइँदैछ।

परिवार, साथीसंगी, इष्टमित्रहरूबीच शुभकामना आदानप्रदान भइरहेको छ। आजको दिन विशेष किन भने, सूर्यले मीन राशिको भोग सकाएर मेष राशिमा प्रवेश गर्ने अर्थात् मेष सङ्क्रान्ति पनि यही दिन पर्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार सूर्यको गतिसँगै चल्ने विक्रम संवत् शाश्वत छ र यसलाई विक्रमादित्य संवत् पनि भनिन्छ।

उनका अनुसार विक्रम संवत्मा सूर्यको गति र स्थितिका आधारमा वर्षको आरम्भ तथा अन्त्य निर्धारण गरिन्छ। यसमा शक संवत्का विशेषता र इस्वी संवत्का व्यावहारिक पक्ष समेत समेटिएका छन्। वैज्ञानिक दृष्टिले पनि जब सूर्य मेष राशिमा प्रवेश गर्छ, त्यसबेला नयाँ संवत्को आरम्भ हुन्छ। चान्द्रमान र सौरमानको समन्वय भएको यो संवत् पूर्ण रूपमा वैज्ञानिक छ।

विक्रम संवत्को इतिहास हेर्दा, कलि युग शुरू भएको तीन हजार ४४ वर्षपछि यो संवत् सुरु भएको मानिन्छ। नयाँ वर्षको दिन नेपालीहरू बिहानै उठेर नुहाउने, घर सफा गर्ने, पूजा–दर्शन गर्ने, मीठो खानेकुरा बनाउने र आफन्तजनहरूसँग भेटघाट गरी शुभकामना साटासाट गर्ने परम्परा छ। देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरूले पनि आजको दिनलाई नयाँ वर्षको रूपमा मनाउँछन्। यता, चान्द्रमानअनुसार भने नयाँ संवत्सर चैत्र शुक्ल प्रतिपदाबाटै सुरु भइसकेको छ।

यस वर्ष चैत्र १७ गतेदेखि सिद्धार्थी नामक संवत्सर आरम्भ भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए। वैदिक सनातन परम्पराअनुसार ६० वटा संवत्सर घुम्दै–फिर्दै आउँछन्। यस संवत्सर चक्रको पहिलो संवत्सर प्रभव हो भने, अहिले चलिरहेको सिद्धार्थी ५३औं संवत्सर हो।

नयाँ वर्षमा हरेक व्यक्तिले विगत वर्षका कामहरूको समीक्षा गरी नयाँ योजनासहित अघि बढ्ने संकल्प गर्छन्। यही हो नयाँ वर्षको सार्थकता-आत्ममूल्यांकन, संकल्प, र सकारात्मकता।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक