२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

जाजरकोटमा भूकम्पको श्रृंखला: आज बिहान फेरि कम्पन महसुस


२ बैशाख २०८२, मंगलबार  

45
Shares

जाजरकोट । जाजरकोट जिल्लामा भूकम्पको लहर जारी छ। आज बिहान पुनः भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार मंगलबार बिहान ४:५३ बजे जाजरकोटको कुशे गाउँपालिका अन्तर्गतको पैंक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि सोमबार राति ९:३१ बजे सोही क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। यद्यपि, यी दुबै भूकम्पका कारण हालसम्म कुनै क्षति वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

केन्द्रका अनुसार यसअघि पनि चैत २१ गते साँझ ८:०७ र ८:१० बजे दुई पटक पैंक क्षेत्रमा क्रमशः ५.२ र ५.५ म्याग्निच्युडका भूकम्प आएका थिए, जसबाट केही घरमा सामान्य क्षति पुगेको थियो।

यसैबीच, चैत २० गते दार्चुला र चैत १२ गते हुम्ला जिल्लामा क्रमशः ४ र ४.५ म्याग्निच्युडका भूकम्प गइसकेका छन्।

निरन्तर भइरहेका यी भूगर्भीय गतिविधिहरूले जाजरकोट तथा आसपासका क्षेत्रहरूमा सतर्कता अपनाउनु पर्ने आवश्यकता देखिएको छ। भूगर्भविद्हरूले पनि आगामी दिनमा पुनः धक्का आउन सक्ने सम्भावना औंल्याउँदै सावधानी अपनाउन सुझाव दिएका छन्।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ