कैलाली। डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गोल्डेनमा भीमदत्त राजमार्गअन्तर्गत आज बिहान भएको मिनीट्रक दुर्घटनामा चालकसहित तीन जनाको ज्यान गएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी रहेका छन् भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिएका छन्। धनगढीबाट बझाङतर्फ खाद्यान्न बोकेर जाँदै…