७ असार २०८२, शनिबार । June 21, 2025

देशभर तापक्रम बढ्दैः तराईमा अत्याधिक गर्मी र लुम्बिनीमा तातो लहरको सम्भावना



काठमाडौं । हाल देशभरको मौसममा स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको असरस्वरूप उच्च पहाडी तथा हिमाली क्षेत्र बाहेक अधिकांश भू–भागमा तापक्रम क्रमशः बढ्दै गएको छ। काठमाडौं उपत्यकाको तापक्रम पनि निरन्तर बढ्दो छ। महाशाखाका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ।

तराईका भू–भाग, विशेषतः मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अत्यधिक गर्मीको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने सम्भावना छ, जसले जनस्वास्थ्यमा असर पार्न सक्ने अनुमान गरिएको छ। यता, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ।

कोशी र गण्डकीका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि हुन सक्छ। साथै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। आज रातिसमेत तराईका अधिकांश भागमा अत्यधिक गर्मी कायम रहनेछ भने पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ।

गर्मीबाट बच्न पर्याप्त पानी पिउनु, छायाँमा बस्नु र घरबाहिर निस्कँदा छाता वा टोपी प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक हुनेछ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली