८ कार्तिक २०८३, आइतबार । October 25, 2026

सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, आज तोलामा कति छ ?


११ बैशाख २०८२, बिहिबार  

201
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। नवीन मूल्य अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् बुधबार यो मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्ध‍ि भएको छ।

बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँमा पुगेको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतार–चढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन भइरहेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १० : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि