१ मंसिर २०८२, आइतबार । November 17, 2025

कश्मीर आतंकवादी आक्रमणः बुटवलका सुदीप न्यौपानेको शव नेपाल ल्याइयो



बुटवल । भारतको जम्मु कश्मीरमा आतंकवादी हमलामा ज्यान गुमाएका बुटवलका सुदीप न्यौपाको पार्थिव शरीर नेपाल ल्याइएको छ।

२७ वर्षीय सुदीप आफ्नो आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित घुमघामको लागि ‘मिनी स्वीट्जरल्यान्ड’ भनिने वैसरण उपत्यका पुगेका थिए। तर मंगलबार दिउँसोको रमाइलो घुमफिर अचानक दुःखद दुर्घटनामा परिणत भयो। बन्दुकधारी आतंकवादीको अचानो हमलामा परी सुदीपले ज्यान गुमाए, भने बाँकी परिवारका सदस्यहरू भागेर ज्यान जोगाउन सफल भए।

भाग्ने क्रममा सुदीपकी आमा रिमाकला सामान्य घाइते भइन्। सुदीपको पार्थिव शरीर नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्ग हुँदै, त्यसपछि सडकमार्ग हुँदै बिहीबार बिहान बेलहिया नाका ल्याइएको थियो। रुपन्देहीका प्रहरी प्रमुख रन्जितसिंह राठौरका अनुसार शवलाई अब बुटवलस्थित निजको निवाससम्म पुर्‍याइनेछ।

सुदीप बुटवल उपमहानगरपालिका–११ कालीकानगरमा आमासँग बस्दै आएका थिए। उनी पूर्वतर्फको बुटवल–१४ बेलभरियामा हुर्किएका थिए भने पुर्ख्यौली घर पाल्पाको बगनासकाली गाउँपालिका–४ मा रहेको छ। उक्त घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको भारतीय समाचार संस्थाहरूले जनाएका छन्, तीमध्ये दुई जना विदेशी नागरिक समेत थिए।

सुदीपका पिता ध्रुव न्यौपाने शिक्षण पेशामा आबद्ध छन् र काठमाडौंमा शिक्षक आन्दोलनमा सहभागी भइरहेका बेला छोराको निधनको खबर पाएका थिए। यो हृदयविदारक घटनाले सिंगो समुदाय शोकमा डुबेको छ।

सुदीपको सम्झनामा स्थानीयस्तरमा श्रद्धाञ्जली सभा आयोजना गरिने तयारी भइरहेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई