११ श्रावण २०८३, सोमबार । July 27, 2026

बुटवलका सुदीप न्यौपानेको शव घर पुग्यो, त्रिवेणीमा अन्त्येष्टि गरिने


११ बैशाख २०८२, बिहिबार  

72
Shares

बुटवल । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका बुटवलका सुदीप न्यौपानेको शव उनको घर ल्याइएको छ।

उनको पार्थिव शरीर बुटवलको कालिकानगरस्थित निवासमा राखिएको छ भने अन्त्येष्टि नवलपरासीको त्रिवेणी घाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ। शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग हुँदै, त्यसपछि स्थल मार्ग भएर एम्बुलेन्समार्फत बुटवल ल्याइएको हो। बिहान भारतीय प्रशासनले रुपन्देही प्रशासनको रोहबरमा शव जिम्मा लगाएको थियो।

शनिबार सुदीप आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि पहलगाम पुगेका थिए। त्यही क्रममा भएको आतंकवादी हमलामा उनीसहित २७ जनाको ज्यान गएको थियो भने अन्य २० जना घाइते भएका छन्। सुदीपका बुवा बुटवल–१८ स्थित भवानी माविमा शिक्षक हुन्। उनी शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं गएका थिए। छोराको निधनको खबर पाएपछि उनी तत्काल बुटवल फर्किएका छन्।

यस घटनाले बुटवलमा शोकको छायाँ छाएको छ। स्थानीय स्तरमा शोक सन्देश तथा श्रद्धाञ्जली कार्यक्रम समेत आयोजना गरिने तयारी भइरहेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर