बुटवल । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका बुटवलका सुदीप न्यौपानेको शव उनको घर ल्याइएको छ। उनको पार्थिव शरीर बुटवलको कालिकानगरस्थित निवासमा राखिएको छ भने अन्त्येष्टि नवलपरासीको त्रिवेणी घाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ। शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग हुँदै, त्यसपछि स्थल मार्ग भएर एम्बुलेन्समार्फत बुटवल ल्याइएको हो। बिहान भारतीय प्रशासनले रुपन्देही प्रशासनको…