३ आश्विन २०८३, शनिबार । September 19, 2026

कान्ति लोकपथ सडकमा १५ दिनसम्म ६ घण्टा सवारी आवागमन बन्द


१२ बैशाख २०८२, शुक्रबार  

228
Shares

मकवानपुर । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं जाने प्रमुख मार्गको ठिंगन–बगुवा सडकखण्डमा आगामी १५ दिनसम्म दैनिक ६ घण्टा सवारी आवागमन बन्द रहने भएको छ।

चट्टान कटानको कामका लागि यस सडक खण्डमा पूर्ण रूपमा ६ घण्टा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनामा भनिएको छ कि २०७९–८० को सडक चौडाइ विस्तार परियोजना अन्तर्गत गंगटे नजिकको ‘भाँडडाँडा’ क्षेत्रमा रहेको जोखिमयुक्त चट्टान हटाउने कार्य गरिनेछ।

यस अन्तर्गत, वैशाख १८ देखि जेठ १ गतेसम्म हरेक दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म उक्त मार्गमा सवारी आवागमन बन्द हुनेछ। आयोजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यका अनुसार, सिंगल लेनलाई डबल लेनमा परिवर्तन गर्नु, ढलान निर्माण र कालोपत्रे गर्ने कार्यहरू पनि योजनामा छन्। यी निर्माण कार्यहरू एमफाइभ सर्वशक्ति–पञ्चकन्या–सनस्टार जेभी कम्पनीद्वारा गरिरहेका छन् भने सुपरिवेक्षणको जिम्मा कान्ति राजमार्ग सडक आयोजना, चाकुपाट ललितपुरले सम्हालेको छ।

यसैगरी, २०८१ असोज १३ गतेको भारी वर्षापछि क्षति पुगेको बागमती पुलमा बेलीब्रिज जडान गर्ने काम पनि तीव्र गति मार्फत भइरहेको छ। प्रशासनले यात्रुहरूको सुरक्षाका लागि काठमाडौं–हेटौँडा यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ