२४ भदौ २०८३, बुधबार । September 9, 2026

प्रतिविम्ब ओपन स्काउट क्र्यूको सातौँ वार्षिकोत्सव: नयाँ यात्राको उत्साह र संकल्प


१३ बैशाख २०८२, शनिबार  

189
Shares

काठमाडौं । नेपाल स्काउट अन्तर्गत सञ्चालनमा रहेको प्रतिविम्ब ओपन स्काउट क्र्यूले आफ्नो सातौँ वार्षिकोत्सव तथा नवप्रवेशी रोभर र रेन्जरहरूको स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।

भिमसेनथानस्थित काष्ठमन्डप भेन्युमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य माननीय समिता खड्गी श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात राष्ट्रिय गान र स्काउट गानबाट गरिएको थियो। प्रमुख अतिथि श्रेष्ठले युवाहरूमा नेतृत्व क्षमता, सेवा भावना र सामाजिक उत्तरदायित्व विकास गर्न स्काउटिङको भूमिका अतुलनीय रहेको बताउँदै प्रतिविम्ब ओपन स्काउट क्र्यूलाई सातौँ वार्षिकोत्सवको शुभकामना दिए ।

साथै, स्काउटिङ अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । क्र्यू लिडर छोइसाङ् तमाङले संस्थाको सात वर्षे यात्रा, सामाजिक सेवा, वातावरण संरक्षण, विपद् व्यवस्थापन र युवा सशक्तिकरणमा क्र्यूले गरेका उपलब्धिहरू प्रस्तुत गर्दै भविष्यका योजनाहरू पनि साझेदारी गरे। नवप्रवेशी रोभर र रेन्जरहरूलाई टिका र खादा लगाएर स्वागत गरिएको थियो।

उनीहरूले आफ्नो अनुभव र भविष्यमुखी लक्ष्यहरू प्रस्तुत गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने दृढ सङ्कल्प व्यक्त गरे। सांगीतिक प्रस्तुति र स्काउट अनुभव आदानप्रदानले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। कार्यक्रममा नेपाल स्काउटका पदाधिकारीहरू, विभिन्न स्काउट क्र्यूका प्रतिनिधिहरू, अभिभावकहरू, पूर्व स्काउटहरू तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको समापनमा आयोजक समितिका सभापति श्याम लामाले सहभागी, अतिथि तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्दै शिक्षा र सामाजिक सेवामा निरन्तर लागिरहने प्रतिबद्धता दोहोर्याए ।

आयोजकका अनुसार, कार्यक्रममा सहभागीहरूले नयाँ ऊर्जा, उत्साह र प्रेरणाको अनुभूति गरेका छन्।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ६ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated