२४ जेष्ठ २०८३, आइतबार । June 7, 2026

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे


१४ बैशाख २०८२, आइतबार  

114
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्ग्सबीचको खेल वर्षाका कारण नतिजाविहिन भएको छ।

कोलकातास्थित इडेन गार्डेन्समा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाब किङ्ग्सले चार विकेटको क्षतिमा २०१ रन बनाउँदै कोलकातालाई २०२ रनको लक्ष्य दिएको थियो। पञ्जाबका दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरेका थिए । जवाफमा ब्याटिङ थालेको कोलकाताले एक ओभरमा सात रन जोड्दा नै वर्षाले खेल प्रभावित बनायो।

मैदान खेल योग्य नभएपछि खेल रद्द घोषणा गरिएको हो, जसअनुसार दुबै टोलीले एक/एक अंक बाँडेका छन्। यो बराबरीपछि पञ्जाब किङ्ग्सले ९ खेलमा ११ अंक बटुलेर तालिकाको चौथो स्थानमा उक्लिएको छ। त्यस्तै ९ खेल खेलेको कोलकाता नाइट राइडर्सले ७ अंकसहित सातौं स्थानमा यथावत् रहेको छ।

आईपीएलमा आज पनि दुई रोमाञ्चक भिडन्त हुँदैछन्। पहिलो खेलमा दिउँसो पौने ४ बजे मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स आमनेसामने हुनेछन्। त्यसपछि बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) बीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६