२७ बैशाख २०८३, आइतबार । May 10, 2026

गाजामा इजरायली गोलीबारी, ३१ जनाको मृत्यु

एजेन्सी । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्र नजिक आइतवार बिहान इजरायली सेनाबाट भएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले जनाएको छ। घटनाबारे जानकारी दिँदै मेडिकल रिलिफ अर्गनाइजेसन गाजाका निर्देशक मोहम्मद अबु अफाशले अधिकांश घाइतेहरू गम्भीर अवस्थामा रहेको र उनीहरूको शरीरको माथिल्लो भागमा गहिरो चोटपटक लागेको बताए।…