३ आश्विन २०८३, शनिबार । September 19, 2026

गाजामा इजरायली गोलीबारी, ३१ जनाको मृत्यु


१९ जेष्ठ २०८२, सोमबार  

6
Shares

एजेन्सी । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्र नजिक आइतवार बिहान इजरायली सेनाबाट भएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले जनाएको छ।

घटनाबारे जानकारी दिँदै मेडिकल रिलिफ अर्गनाइजेसन गाजाका निर्देशक मोहम्मद अबु अफाशले अधिकांश घाइतेहरू गम्भीर अवस्थामा रहेको र उनीहरूको शरीरको माथिल्लो भागमा गहिरो चोटपटक लागेको बताए। उनका अनुसार सैन्य गतिविधि जारी रहँदा एम्बुलेन्सहरूको पहुँचसमेत अवरुद्ध भएको छ, जसले उद्धार कार्यमा ठूलो कठिनाइ भएको छ।

प्रत्यक्षदर्शीहरूका भनाइ अनुसार बिहानैदेखि हजारौं स्थानीय बासिन्दा खाद्यान्न र अन्य राहत सामग्री लिन सहायता केन्द्रमा जम्मा भएका थिए, यत्तिकैमा अचानक गोली र विस्फोटको आवाज आउन थालेपछि भागाभाग मच्चिएको थियो। हमास नियन्त्रित गाजास्थित सरकारी सञ्चार कार्यालयले यस घटनालाई सहायता केन्द्रहरूलाई लक्षित गरी भइरहेका आक्रमणहरूको निरन्तरता भनेको छ। कार्यालयका अनुसार उक्त केन्द्र एक अमेरिकी-इजरायली कम्पनीको सहकार्यमा र इजरायली सेनाको निगरानीमा सञ्चालन हुँदै आएको थियो।

यसैबीच, इजरायली रक्षा बल (IDF) ले एक विज्ञप्ति जारी गर्दै मानवतावादी सहायता वितरण स्थलमा गोली हानिएकोबारे आफूलाई कुनै जानकारी नभएको जनाउँदै घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गरेको छ। इजरायली मिडियाहरूले भने सेनाको उपस्थिति ‘आतङ्ककारी तत्व’ विरुद्धको लक्षित कारबाहीको अंश भएको दाबी गरेका छन्।

गाजामा मार्च २ देखि इजरायली पक्षले मानवीय सहायता आपूर्ति सीमित बनाएपछि मे २२ बाट मात्र केही सहायता पुनः प्रवेश पाएको हो। मार्च १८ मा युद्धविराम टुटेपछि इजरायली आक्रमण पुनः सुरु भएको थियो। गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार, हालसम्म ४,१४९ जना प्यालेस्टिनीको ज्यान गइसकेको छ भने १२,१४९ भन्दा बढी घाइते भएका छन्।

राहत र उद्धार कार्यमा अवरोधका कारण मानवीय संकट झन् गहिरिँदै गएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ९ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली