२८ कार्तिक २०८२, बिहिबार । November 13, 2025

गाजामा इजरायली आक्रमण तीव्र, २२ जनाको ज्यान गयो



एजेन्सी । गाजा पट्टीमा सोमबार इजरायली हवाई आक्रमणले कम्तीमा २२ जनाको ज्यान लिएको छ।

गाजाका उद्धारकर्ताहरूका अनुसार इजरायली सेनाले पछिल्ला केही दिनयता आक्रमण झनै तीव्र बनाएको छ। गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले बताएअनुसार मुख्य सहर गाजा र वरपरका क्षेत्रमा लगातार आक्रमण भइरहेका छन्। खान युनिसमा मात्रै ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन्।

उक्त दिन जबलिया सहरको पश्चिमतर्फ रहेको बजार नजिकैको हवाई आक्रमणमा पाँच जनाको ज्यान गएको उनले जानकारी दिएका छन्। त्यस्तै, नुसेइराटस्थित एक पसलमा भएको आक्रमणमा एउटै परिवारका तीन सदस्यले ज्यान गुमाएका छन् भने गाजा सहरको उत्तरतर्फको अर्को पसल लक्षित आक्रमणमा दुई जनाको मृत्यु भएको छ। बेइत लाहियाको एक अस्पतालमा पनि मृत्युको खबर आएको छ तर लगातार बम विष्फोट भइरहेकाले उद्धारकार्य प्रभावित भएको प्रवक्ता बस्सलले बताएका छन्।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अस्पताललाई घेराबन्दी गरेर सेवामा बाधा पुर्‍याएको आरोप लगाएको छ। मन्त्रालयका अनुसार सेवाहरू पूर्ण रूपमा ठप्प पार्न बाध्य पारिएको छ। इजरायली सेनाले भने ‘सम्पूर्ण गाजा क्षेत्रमा अभियान सञ्चालन भइरहेको’ भन्दै सोमबारको हवाई कारवाही पछिल्लो कडा कदम भएको दाबी गरेको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  १० : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई