२ कार्तिक २०८३, सोमबार । October 19, 2026

भारतमा फेरि कोरोना संकट: दुई दिनमै संक्रमण दर १४ गुणा बढ्यो


१९ जेष्ठ २०८२, सोमबार  

12
Shares

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणको दर फेरि तीव्र रूपमा बढ्न थालेको छ।

पछिल्लो दुई दिनमा सक्रिय संक्रमितको संख्या १४ गुणाले वृद्धि भई ३,७८३ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी संक्रमित केरला राज्यमा देखिएका छन्, जहाँ हाल १,४०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। २२ मेमा देशभर जम्मा २५७ जना संक्रमित थिए, तर हालको तथ्यांकले कोभिडको जोखिम फेरि चुलिँदै गएको देखाउँछ। पछिल्ला दुई दिनमा २१ जनाको ज्यान गएको छ, जसमध्ये महाराष्ट्र र केरलामा सात–सात जनाको मृत्यु भएको हो।

बेङ्गलुरुमा खोपको तीनवटै डोज (दुवै डोज र बुस्टर) लिएका एक बिरामीको समेत मृत्यु भएको छ, जसले खोप लगाएर पनि भाइरसबाट ज्यान गुमाउनु परेको घटनाले थप चिन्ता बढाएको छ। कोरोना संक्रमण फेरि फैलिन थालेपछि कर्नाटक सरकारले जनतालाई सतर्क रहन आग्रह गरेको छ। सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरिएको छ।

साथै, ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो हुने लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन सुझाव दिइएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ९ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि