४ असार २०८३, बिहिबार । June 18, 2026

युक्रेनमाथि रुसको आक्रमण, १२ जनाको मृत्यु


१२ जेष्ठ २०८२, सोमबार  

18
Shares

एजेन्सी । युक्रेनमा आइतबार राति भएको शक्तिशाली रुसी हवाई आक्रमणले कम्तीमा १२ जनाको ज्यान लिएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।

राजधानी किभसहित देशका विभिन्न भागमा लगातार दोस्रो रात आकाशबाट गरिएका आक्रमणलाई युक्रेनी अधिकारीहरूले ‘आतङ्कको रात’ को संज्ञा दिएका छन्। युक्रेनको आपतकालीन सेवाका अनुसार, पश्चिमी खमेल्निट्स्की क्षेत्रमा चार जना, किभ क्षेत्रमा चार जना र दक्षिणी माइकोलाइभ क्षेत्रमा एक जनाको मृत्यु भएको छ।

उत्तरपश्चिमी झितोमिर क्षेत्रमा १७ वर्षीय एक किशोरले ज्यान गुमाएका छन् भने मृतकमध्ये आठ र १२ वर्षका दुई बालबालिका पनि रहेका छन्। किभ क्षेत्रमा मात्रै तीन बालबालिकासहित १६ जना घाइते भएका छन्। यो आक्रमण यति बेला भएको हो, जब सन् २०२२ को फेब्रुअरीदेखि जारी युद्धको बीचमा अमेरिका युद्धविरामका लागि मध्यस्थता गर्न प्रयासरत छ र दुबै पक्षले हालैको सबैभन्दा ठूलो कैँदी आदानप्रदान सम्पन्न गरेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेतृत्वलाई नियन्त्रण गर्न विश्व समुदायसँग कठोर प्रतिबन्धको माग गरेका छन्। “शान्ति चाहने सबै देशले मस्कोलाई दबाब दिन दृढता देखाउनुपर्छ,” उनले सामाजिक सञ्जालमार्फत अपिल गरे। जेलेन्स्कीका अनुसार, मे १६ मा इस्तानबुलमा सहमति भएको कैँदी आदानप्रदान प्रक्रिया जारी रहनेछ। शनिबार मात्रै ३०७ जना युक्रेनी सैनिक र सोही सङ्ख्यामा रुसी युद्धबन्दीको आदानप्रदान भएको थियो। पहिलो चरणमा ३९० जनाको रिहाइ भइसकेको छ।

युक्रेनको सेनाले आइतबार बिहान ४५ वटा रुसी क्षेप्यास्त्र र २६६ ड्रोन मार्गमा नै खसालेको दाबी गरेको छ। उता रुसले पनि शनिबार राति र आइतबार बिहान ११० वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। स्थानीय बासिन्दाहरूले आक्रमणको भयावहता अनुभव गरेका छन्। किभ नजिकको मखालिभका गाउँकी ६५ वर्षीया तेतियाना इयान्कोभस्काले, “सडकमा पूरै आगो लागेको देख्यौँ,” भनिन्। अर्का अवकाशप्राप्त ६४ वर्षीय ओलेस्कान्दरले भने, “वार्ताले केही हुँदैन, हामीलाई रुसी आक्रमण रोक्न धेरै हतियार चाहिएको छ। रुस बल बाहेक केही बुझ्दैन।”

शुक्रबार रातिको आक्रमणमा रुसले १४ वटा ब्यालेस्टिक मिसाइल र २५० ड्रोन प्रयोग गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन्, जसबाट १५ जना घाइते भएका थिए। युद्धको तिव्रतासँगै मानवीय क्षतिको संख्या बढ्दो छ, र शान्तिको आशा अझै अन्योलमै छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  १० : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा