काठमाडौं । देशभरका कक्षा १२ का विद्यार्थीहरूका लागि वार्षिक परीक्षा आइतबारदेखि सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा आगामी जेठ २ गतेसम्म जारी रहनेछ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षा सञ्चालनका लागि नेपालभर १,५९० तथा जापानमा १ परीक्षा केन्द्र गरी कुल १,५९१ केन्द्र तोकिएको छ। काठमाडौंमा सबैभन्दा धेरै १६२ केन्द्र…