काठमाडौं । सरकारले विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न कानुनी र नीतिगत व्यवस्था गर्ने तयारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममार्फत विद्यालय शिक्षामा सुधार ल्याउन विशेष पहल गरिने बताए। ‘विद्यालय शिक्षामा देखा परेका समस्याहरू समाधान गर्न नीति र कानुन निर्माण गरिनेछ,’ राष्ट्रपति पौडेलले…