३० बैशाख २०८३, बुधबार । May 13, 2026

युरोप भ्रमण सकेर फर्कियो प्याब्सन टोली, शिक्षामा अन्तर्राष्ट्रिय अभ्यासबाट लाभ हुने अपेक्षा

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिको नेतृत्वमा डेनमार्क, स्विडेन र फिनल्यान्डको शैक्षिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएको छ। भ्रमण टोलीमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रमुख सल्लाहकार डीके ढुंगाना, महासचिव आरबी कटवालसहित विभिन्न विद्यालयका प्रिन्सिपल तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो। ग्लोबल हेल्प फाउन्डेसनको संयोजनमा सम्पन्न उक्त भ्रमणको सुरुवात डेनमार्कको…