७ चैत्र २०८२, शनिबार । March 21, 2026

इडब्लुभीएल दोस्रो संस्करण: पोखरा निन्जाजको मार्कीमा प्रगति नाथ, प्रशिक्षकमा रुपेश विष्ट

काठमाडौं । नेपाली महिला भलिबलको उदीयमान खेलाडी प्रगति नाथले 'वात्सल्य एभरेष्ट महिला भलिबल लिग'को दोस्रो संस्करणका लागि पोखरा निन्जाजसँग मार्की खेलाडीको रूपमा अनुबन्ध गरेकी छन्। गत सिजन गण्डकी थण्डर्सबाट खेल्दै प्रभावशाली प्रदर्शन गरेकी प्रगति यसपटक नयाँ टिमको जर्सीमा देखिने भएकी हुन्। प्रगति नाथले पोखरा निन्जाजसँग जोडिन पाउनु गौरवको विषय भएको भन्दै टिमप्रति उत्साह व्यक्त गरेकी…