२४ बैशाख २०८३, बिहिबार । May 8, 2026

इडब्लुभीएल दोस्रो संस्करण: कर्णालीको मार्कीमा रेग्मी र प्रशिक्षकमा राईलाई निरन्तरता


२ श्रावण २०८२, शुक्रबार  

12
Shares

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को पहिलो संस्करणमा उपाधि जितेको कर्णाली यशविस टिमले दोस्रो संस्करणका लागि पनि पुरानै सफल संयोजनलाई निरन्तरता दिएको छ।

टोलीले मार्की खेलाडी सुमित्रा रेग्मी र प्रमुख प्रशिक्षक कुमार राईलाई फेरि पनि विश्वास गरेको हो। सुमित्रा पहिलो संस्करणमा कर्णाली यशविसको कप्तानका रूपमा चम्किएकी थिइन् भने प्रशिक्षक राईको कुशल नेतृत्वमा टोलीले उपाधि हात पारेको थियो। राष्ट्रिय स्तरमा समेत चर्चा बटुलेका यी दुई भलिबलप्रेमीहरू घरेलु क्लब न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबमा पनि लामो समयदेखि एकसाथ रहेर काम गर्दै आइरहेका छन्।

सुमित्रा रेग्मी प्रशिक्षक राईकै निर्देशनमा विकसित हुँदै आएकी हुन्। उनले छोटो समयमै राष्ट्रिय टिममा डेब्यु गर्दै आफैंलाई एक प्रभावशाली खेलाडीको रूपमा प्रमाणित गरिसकेकी छन्।

इडब्लुभिएलको दोस्रो संस्करण भदौ २० गतेदेखि सुरु हुने तालिका रहेको छ। यसपटक पनि कर्णाली यशविसको रणनीति पुरानै सफल संयोजनलाई दोहोर्‍याउँदै उपाधि रक्षा गर्ने देखिन्छ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१