३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

इडब्लुभीएल दोस्रो संस्करण: पोखरा निन्जाजको मार्कीमा प्रगति नाथ, प्रशिक्षकमा रुपेश विष्ट


२ श्रावण २०८२, शुक्रबार  

24
Shares

काठमाडौं । नेपाली महिला भलिबलको उदीयमान खेलाडी प्रगति नाथले ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’को दोस्रो संस्करणका लागि पोखरा निन्जाजसँग मार्की खेलाडीको रूपमा अनुबन्ध गरेकी छन्।

गत सिजन गण्डकी थण्डर्सबाट खेल्दै प्रभावशाली प्रदर्शन गरेकी प्रगति यसपटक नयाँ टिमको जर्सीमा देखिने भएकी हुन्। प्रगति नाथले पोखरा निन्जाजसँग जोडिन पाउनु गौरवको विषय भएको भन्दै टिमप्रति उत्साह व्यक्त गरेकी छन्। उनले भनिन्, “नयाँ टोलीसँग खेल्ने अवसर पाउनु निकै रोमाञ्चक छ। म पूर्ण रूपमा तयार छु, र हामीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेमा म विश्वस्त छु।”

पोखरा निन्जाजका निर्देशक विकास खेतानले प्रगतिको टिममा आगमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। “उनको अनुभव र क्षमताले लिगमा हाम्रो प्रदर्शनमा सकारात्मक प्रभाव पर्नेछ,” उनले भने। यसैबीच, पोखरा निन्जाजले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी रुपेश विष्टलाई दिएको छ। विष्टको प्रशिक्षणमा टिमले रणनीतिक रूपमा बलियो तयारी गरिरहेको जनाइएको छ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिग आगामी भदौ २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने तय भएको छ। प्रतियोगितामा देशभरका प्रमुख टोलीहरूको सहभागिता रहनेछ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि