२५ भदौ २०८३, बिहिबार । September 10, 2026

इडब्लुभीएल दोस्रो संस्करण: पोखरा निन्जाजको मार्कीमा प्रगति नाथ, प्रशिक्षकमा रुपेश विष्ट


२ श्रावण २०८२, शुक्रबार  

24
Shares

काठमाडौं । नेपाली महिला भलिबलको उदीयमान खेलाडी प्रगति नाथले ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’को दोस्रो संस्करणका लागि पोखरा निन्जाजसँग मार्की खेलाडीको रूपमा अनुबन्ध गरेकी छन्।

गत सिजन गण्डकी थण्डर्सबाट खेल्दै प्रभावशाली प्रदर्शन गरेकी प्रगति यसपटक नयाँ टिमको जर्सीमा देखिने भएकी हुन्। प्रगति नाथले पोखरा निन्जाजसँग जोडिन पाउनु गौरवको विषय भएको भन्दै टिमप्रति उत्साह व्यक्त गरेकी छन्। उनले भनिन्, “नयाँ टोलीसँग खेल्ने अवसर पाउनु निकै रोमाञ्चक छ। म पूर्ण रूपमा तयार छु, र हामीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेमा म विश्वस्त छु।”

पोखरा निन्जाजका निर्देशक विकास खेतानले प्रगतिको टिममा आगमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। “उनको अनुभव र क्षमताले लिगमा हाम्रो प्रदर्शनमा सकारात्मक प्रभाव पर्नेछ,” उनले भने। यसैबीच, पोखरा निन्जाजले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी रुपेश विष्टलाई दिएको छ। विष्टको प्रशिक्षणमा टिमले रणनीतिक रूपमा बलियो तयारी गरिरहेको जनाइएको छ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिग आगामी भदौ २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने तय भएको छ। प्रतियोगितामा देशभरका प्रमुख टोलीहरूको सहभागिता रहनेछ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated