१० श्रावण २०८३, आइतबार । July 26, 2026

टी–२० विश्वकप छनोटः ३२ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक, को-को परे ?


२९ असार २०८२, आइतबार  

246
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोटको तयारीका लागि ३२ खेलाडीलाई प्रारम्भिक प्रशिक्षण क्याम्पमा समावेश गरेको छ।

यो सूचीमा खास चर्चा पाएको नाम हो—मोहमद आदिल आलम, जो स्पट फिक्सिङको आरोपमा करिब दुई वर्षदेखि राष्ट्रिय टोली बाहिर थिए। क्यानको इन्टेग्रिटी कमिटीको निर्णयअनुसार सबै प्रक्रिया पूरा गरी उनलाई २०८२ वैशाख २१ गतेबाट पुनः क्रिकेट गतिविधिमा सहभागी हुन स्वीकृति दिइएको थियो। अब उनी पुनः राष्ट्रिय टोलीमा स्थान बनाउन प्रतिस्पर्धा गर्न पाउनेछन्।

त्यस्तै, स्कटल्याण्ड सिरिजका लागि टिममा नपरेका कुशल मल्ल पनि क्याम्पमा समावेश गरिएको छ। क्याम्पबाट राम्रो प्रदर्शन गरेमा उनलाई पनि पुनः राष्ट्रिय टोलीमा फर्किने अवसर बन्न सक्छ। क्यानले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा कप्तान रोहित पौडेलसहित अनुभवी तथा युवा खेलाडीहरूको मिश्रण रहेको छ।

टोलीमा समावेश अन्य प्रमुख खेलाडीहरूमा कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, ललित राजवंशी, सागर ढकाल, र पवन सर्राफ लगायत छन्।

यी ३२ खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्नेहरू अन्तिम टोलीमा समावेश गरिनेछ, जसले एसिया तथा इस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोट खेल्नेछ। यही छनोट नेपालका लागि २०२6 भारत–श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा सहभागी हुने अर्को ढोका हुनेछ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर