३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

एक महिनामै त्रिवि मैदान तयार ? दबाबमा ठेकेदार ! दैनिक २ लाख हर्जना


१ श्रावण २०८२, बिहिबार  

24
Shares

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति कार्य तीव्र गतिमा अगाडि बढाइँदैछ।

मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम भइरहेको भए पनि तोकिएको समयमै काम नसकिएको कारण ठेकेदार कम्पनीलाई हर्जना तिर्नुपर्ने भएको छ। सहरी विकास मन्त्रालयका अनुसार सम्झौताअनुसार काम समयमै सम्पन्न नगरेपछि ठेकेदार कम्पनीलाई आयोजनाको कुल लागतको ०.०५ प्रतिशतका दरले दैनिक हर्जना तिर्नुपर्नेछ।

यसअनुसार अहिले कम्पनीले दैनिक दुई लाख रुपैयाँभन्दा बढी क्षतिपूर्तिबापत तिर्दै काम अगाडि बढाइरहेको छ। प्यारापिट निर्माणको जिम्मा बिकेओआई–केसिडिसी–बिजी (JV) नामक जोइन्ट भेन्चर कम्पनीले लिएको हो भने फ्लड लाइट जडानको जिम्मा विशन–ईश्वरी JV ले पाएको हो। यी दुबै कम्पनीले गत फागुन १९ र २२ गते संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।

प्यारापिट निर्माणका लागि ४९ करोड २५ लाख र फ्लड लाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँको लागत तय भएको छ। मन्त्रालयले यही असार ३० गतेदेखि हर्जना लागू हुने जानकारी गराइसकेको छ। कानुनी व्यवस्थाअनुसार, काम नसकिएमा अधिकतम २०० दिनसम्म हर्जना तिर्दै काम गर्न पाइनेछ। त्यसपछि पनि निर्माण सम्पन्न नभए कालोसूचीमा राख्ने प्रावधान छ।

हालसम्म प्यारापिट निर्माणमा वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत पुगेको छ। फ्लड लाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको छ। कार्यालयका अनुसार चार हजार कुर्सी जडान भइसकेका छन् भने छ वटा फ्लड लाइट पोलमध्ये तीन वटा मैदानमा आइपुगेका छन्।

निर्माण कम्पनीले आगामी एक महिनाभित्र सबै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि