३१ जेष्ठ २०८३, आइतबार । June 15, 2026

एक महिनामै त्रिवि मैदान तयार ? दबाबमा ठेकेदार ! दैनिक २ लाख हर्जना


१ श्रावण २०८२, बिहिबार  

24
Shares

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति कार्य तीव्र गतिमा अगाडि बढाइँदैछ।

मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम भइरहेको भए पनि तोकिएको समयमै काम नसकिएको कारण ठेकेदार कम्पनीलाई हर्जना तिर्नुपर्ने भएको छ। सहरी विकास मन्त्रालयका अनुसार सम्झौताअनुसार काम समयमै सम्पन्न नगरेपछि ठेकेदार कम्पनीलाई आयोजनाको कुल लागतको ०.०५ प्रतिशतका दरले दैनिक हर्जना तिर्नुपर्नेछ।

यसअनुसार अहिले कम्पनीले दैनिक दुई लाख रुपैयाँभन्दा बढी क्षतिपूर्तिबापत तिर्दै काम अगाडि बढाइरहेको छ। प्यारापिट निर्माणको जिम्मा बिकेओआई–केसिडिसी–बिजी (JV) नामक जोइन्ट भेन्चर कम्पनीले लिएको हो भने फ्लड लाइट जडानको जिम्मा विशन–ईश्वरी JV ले पाएको हो। यी दुबै कम्पनीले गत फागुन १९ र २२ गते संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।

प्यारापिट निर्माणका लागि ४९ करोड २५ लाख र फ्लड लाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँको लागत तय भएको छ। मन्त्रालयले यही असार ३० गतेदेखि हर्जना लागू हुने जानकारी गराइसकेको छ। कानुनी व्यवस्थाअनुसार, काम नसकिएमा अधिकतम २०० दिनसम्म हर्जना तिर्दै काम गर्न पाइनेछ। त्यसपछि पनि निर्माण सम्पन्न नभए कालोसूचीमा राख्ने प्रावधान छ।

हालसम्म प्यारापिट निर्माणमा वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत पुगेको छ। फ्लड लाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको छ। कार्यालयका अनुसार चार हजार कुर्सी जडान भइसकेका छन् भने छ वटा फ्लड लाइट पोलमध्ये तीन वटा मैदानमा आइपुगेका छन्।

निर्माण कम्पनीले आगामी एक महिनाभित्र सबै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय