३१ असार २०८२, मंगलबार । July 16, 2025

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग भिड्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे बसुन्धरा किङ्स एरेनामा सुरु हुनेछ। नेपालले प्रतियोगितामा पहिलो खेलमा भुटानलाई ६–१ गोलअन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको थियो। तर दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। श्रीलंकाको प्रदर्शन भने हालसम्म…