काठमाडौं। गृह मन्त्रालयले चैत १५ गते तीनकुनेमा राजावादी समूहद्वारा गरेको हिंसात्मक प्रदर्शनमा १३४ जना घाइते भएको जानकारी सार्वजनिक गरेको छ। आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले घटनाबारे जवाफ दिँदै यो तथ्याङ्क प्रस्तुत गरेका छन्। गृहमन्त्री लेखकका अनुसार, नेपाल प्रहरीका ५५, सशस्त्र प्रहरी बलका २५, र प्रदर्शनकारीका ५४ जना घाइते भएका छन्।…