काठमाडौं । आज वैशाख १ गते, विक्रम संवत् २०८२ को पहिलो दिन, सम्पूर्ण देशभर उत्साह र उमङ्गका साथ नयाँ वर्ष मनाइँदैछ। परिवार, साथीसंगी, इष्टमित्रहरूबीच शुभकामना आदानप्रदान भइरहेको छ। आजको दिन विशेष किन भने, सूर्यले मीन राशिको भोग सकाएर मेष राशिमा प्रवेश गर्ने अर्थात् मेष सङ्क्रान्ति पनि यही दिन पर्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष…