१ मंसिर २०८२, आइतबार । November 17, 2025

आजको मौसमः वर्षा, चट्याङ र हिमपातको सम्भावना, सतर्क रहन आग्रह



काठमाडौं । नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु प्रणाली र बिहार आसपासको न्युन चापीय रेखाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली छ भने अन्य भागमा आंशिक बदलीदेखि सफा मौसम रहेको छ। यी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको पूर्वानुमान

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका एक-दुई पहाडी स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ।

रातिको पूर्वानुमान

राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदलीदेखि सफा मौसम रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका केही पहाडी स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सम्भावित जोखिम र सतर्कता

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। वर्षा, चट्याङ, हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई