१ आश्विन २०८३, बिहिबार । September 18, 2026

आजको मौसमः वर्षा, चट्याङ र हिमपातको सम्भावना, सतर्क रहन आग्रह


८ बैशाख २०८२, सोमबार  

210
Shares

काठमाडौं । नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु प्रणाली र बिहार आसपासको न्युन चापीय रेखाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली छ भने अन्य भागमा आंशिक बदलीदेखि सफा मौसम रहेको छ। यी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको पूर्वानुमान

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका एक-दुई पहाडी स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ।

रातिको पूर्वानुमान

राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदलीदेखि सफा मौसम रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका केही पहाडी स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सम्भावित जोखिम र सतर्कता

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। वर्षा, चट्याङ, हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ