९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

काठमाडौं ठप्प : शिक्षक र राप्रपाको आन्दोलनले ट्राफिक अस्तव्यस्त



काठमाडौं । राजधानी काठमाडौंको मुख्य सडक खण्डहरू आज बिहानैदेखि ठप्प बनेका छन्। माइतीघर–बानेश्वर सडकमा शिक्षकहरूले बिहान ९ बजेदेखि सुरु गरेको आन्दोलनका कारण सवारी आवागमन अत्यधिक प्रभावित भएको हो।

सामान्यतया दिउँसो गरिँदै आएको शिक्षक आन्दोलन आज विशेष कारणले बिहानै सारिएको हो। राप्रपाले दिउँसो विजुलीबजार लगायत निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि शिक्षकहरू बिहानै सडकमा उत्रिएका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी दीपक गिरीले जानकारी दिँदै भने, “बानेश्वर–बबरमहल–माइतीघर सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि हामीले सवारीलाई खोला करिडोरतर्फ डाइभर्ट गरेका छौं।”

तर, वैकल्पिक मार्गमा समेत अत्यधिक ट्राफिक जाम हुँदा सर्वसाधारणले बिहानैदेखि कठिनाइ भोग्नु परेको छ। कार्यालय जान हिँडेका कर्मचारी, स्कुल जाने विद्यार्थी र अन्य गन्तव्यतर्फ हिँडेका नागरिक जाममा अल्झिएका छन्।

शिक्षकहरूको प्रदर्शन जारी रहँदा दिउँसो १२ बजेपछि राप्रपाले पनि छुट्टै प्रदर्शन सुरु गर्ने तयारी छ, जसले गर्दा दिनभर राजधानीको ट्राफिक व्यवस्थापन झनै चुनौतीपूर्ण हुने देखिएको छ।

सार्वजनिक सेवामा देखिएको अवरोधले राजधानीवासीको दैनिकी प्रभावित भएको छ भने प्रशासनको तर्फबाट अझ प्रभावकारी व्यवस्थापनको अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ११ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी