२७ असार २०८३, शनिबार । July 12, 2026

काठमाडौं ठप्प : शिक्षक र राप्रपाको आन्दोलनले ट्राफिक अस्तव्यस्त


७ बैशाख २०८२, आइतबार  

6
Shares

काठमाडौं । राजधानी काठमाडौंको मुख्य सडक खण्डहरू आज बिहानैदेखि ठप्प बनेका छन्। माइतीघर–बानेश्वर सडकमा शिक्षकहरूले बिहान ९ बजेदेखि सुरु गरेको आन्दोलनका कारण सवारी आवागमन अत्यधिक प्रभावित भएको हो।

सामान्यतया दिउँसो गरिँदै आएको शिक्षक आन्दोलन आज विशेष कारणले बिहानै सारिएको हो। राप्रपाले दिउँसो विजुलीबजार लगायत निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि शिक्षकहरू बिहानै सडकमा उत्रिएका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी दीपक गिरीले जानकारी दिँदै भने, “बानेश्वर–बबरमहल–माइतीघर सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि हामीले सवारीलाई खोला करिडोरतर्फ डाइभर्ट गरेका छौं।”

तर, वैकल्पिक मार्गमा समेत अत्यधिक ट्राफिक जाम हुँदा सर्वसाधारणले बिहानैदेखि कठिनाइ भोग्नु परेको छ। कार्यालय जान हिँडेका कर्मचारी, स्कुल जाने विद्यार्थी र अन्य गन्तव्यतर्फ हिँडेका नागरिक जाममा अल्झिएका छन्।

शिक्षकहरूको प्रदर्शन जारी रहँदा दिउँसो १२ बजेपछि राप्रपाले पनि छुट्टै प्रदर्शन सुरु गर्ने तयारी छ, जसले गर्दा दिनभर राजधानीको ट्राफिक व्यवस्थापन झनै चुनौतीपूर्ण हुने देखिएको छ।

सार्वजनिक सेवामा देखिएको अवरोधले राजधानीवासीको दैनिकी प्रभावित भएको छ भने प्रशासनको तर्फबाट अझ प्रभावकारी व्यवस्थापनको अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ११ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर