२ असार २०८२, सोमबार । June 16, 2025

कालीकोटको बुडाडाँडामा ट्र्याक्टर दुर्घटना: ४ जनाको निधन



कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–२ बुडाडाँडामा आइतबार राति एक ट्र्याक्टर दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ।

थिर्पुबाट छलतर्फ खाद्यान्न र दैनिक उपभोग्य सामग्री बोकेर जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हो। ट्र्याक्टरको नम्बर भने हालसम्म खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार मृतकमध्ये ट्र्याक्टर चालक २५ वर्षीय चन्द्रप्रकाश रोकाय ९मुगु, खत्याड–५०, रवीन्द्र विक ९२१, पलाँता–४०, ३२ वर्षीया सदु बुढा (पलाँता–४), र २५-२६ वर्षीया अम्बा शाही (पलाँता–५) रहेका छन्।

उनीहरूको घटनास्थलमै ज्यान गएको जनाइएको छ। प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार ट्र्याक्टर अप्ठ्यारो भिरमा अड्किएको अवस्थामा भेटिएको थियो भने शवहरू सडकदेखि करिब २०० मिटर तल फेला परेका थिए।

सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक

सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कोशी र सुदूरपश्चिममा भारी बर्षाको सम्भावना

काठमाडौं । हाल देशका विभिन्न भू-भागमा सक्रिय मनसुनी प्रणालीसँगै केही

इजराइली हमलामा इरानका सैन्य प्रमुखको मृत्यु, प्रतिकारको तयारीमा इरान

एजेन्सी । इजराइलले इरानमाथि गरेको हवाई आक्रमणमा इरानका उच्च सैन्य