काठमाडौं । नेपाली पर्या साहित्य प्रतिष्ठान र साहित्य पोष्टको सह–आयोजनामा शनिबार काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवनमा सम्पन्न दशौं वातावरण साहित्य गोष्ठीअन्तर्गत आयोजित पर्या निबन्ध प्रतियोगितामा भवानी खतिवडा प्रथम भएकी छन्। ‘प्रलयको आधिबेहरि’ शीर्षकमा निबन्ध लेखेर खतिवडाले पहिलो स्थान प्राप्त गर्दै ५० हजार रुपैयाँ राशिसहित प्रमाणपत्रबाट सम्मान प्राप्त गरेकी हुन्। त्यस्तै, ‘प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किन’…