५ असार २०८३, शुक्रबार । June 19, 2026

विराटनगरमा भेटियो विश्वमै दुर्लभ र विषालु कोब्रा


१४ जेष्ठ २०८२, बुधबार  

144
Shares

विराटनगर । विराटनगरमा दुर्लभ प्रजातिको मोनोस्लेड कोब्रा सर्प फेला परेको छ।

विराटनगर महानगरपालिका–४, नोबेल अस्पताल पछाडि डाक्टर सुनील शर्माको घरमा देखिएको यो विषालु सर्पले स्थानीय तहदेखि उद्धारकर्मीको ध्यान तान्यो। घरका सदस्यले सर्प देखेपछि महानगरलाई जानकारी गराएका थिए। तत्काल उद्धार टोली पुगेको थियो, तर सर्प नियन्त्रणमा लिने क्रममा उद्धारकर्ता हबल्दार शम्भु घिमिरे घाइते भए।

सर्पले टाढैबाट विष फाल्ने क्षमताका कारण विष घिमिरेको अनुहारमा परेपछि उनी सामान्य घाइते भएका हुन्। घाइते घिमिरेलाई तत्काल अस्पताल भर्ना गरियो र २८ घण्टापछि उनी उपचारपछि घर फर्किएका छन्। यसअघि पनि उनले डिभिजन वन कार्यालय मोरङमार्फत उद्धार गरिएका सर्पहरूलाई जंगलमा लगेर छाड्दै आएका छन्। यसपालि पनि उद्धारपछि उक्त कोब्रा सर्पलाई सुरक्षित रूपमा जंगलमा छाडिएको छ।

सर्प उद्धार क्षेत्रमा लामो अनुभव हासिल गरिसकेका घिमिरेले हालसम्म ३९० भन्दा बढी सर्प उद्धार गरिसकेका छन्। यो घटनाले सर्प उद्धार कार्य कति जोखिमपूर्ण हुनसक्छ भन्ने स्पष्ट पारेको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  १ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा