७ असार २०८२, शनिबार । June 21, 2025

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान



काठमाडौं । नेपाली पर्या साहित्य प्रतिष्ठान र साहित्य पोष्टको सह–आयोजनामा शनिबार काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवनमा सम्पन्न दशौं वातावरण साहित्य गोष्ठीअन्तर्गत आयोजित पर्या निबन्ध प्रतियोगितामा भवानी खतिवडा प्रथम भएकी छन्।

‘प्रलयको आधिबेहरि’ शीर्षकमा निबन्ध लेखेर खतिवडाले पहिलो स्थान प्राप्त गर्दै ५० हजार रुपैयाँ राशिसहित प्रमाणपत्रबाट सम्मान प्राप्त गरेकी हुन्। त्यस्तै, ‘प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किन’ शीर्षकमा निबन्ध प्रस्तुत गरेका हरिबोल काफ्ले दोस्रो स्थानमा रही ४० हजार रुपैयाँसहित सम्मानित भए। गोबिन्द गोपाल खतिवठा भने ‘विकासः प्राप्तिको श्रृङ्खला र पस्चतापको पुनर्बोध’ शीर्षक निबन्धमार्फत तेस्रो स्थानमा पुग्दै ३० हजार रुपैयाँ राशिसहित सम्मानित भए।

यस अवसरमा देशभरबाट प्राप्त १०८ निबन्धहरूमध्ये उत्कृष्ट ठहरिएका ३२ निबन्धहरूको संग्रह विमोचित गरिएको थियो। तिनैमध्ये उत्कृष्ट तीन निबन्धकारलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बाँकी २९ प्रतियोगीलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा विजय हितानको पर्या कविता संग्रह ‘ मलाई आर्यघाट लगेर नजलाउनू’ को पनि विमोचन गरिएको थियो । कार्यक्रममा वक्ताका रूपमा डा. गीता त्रिपाठीले कविता संग्रहको र डा. अशोक थापाले निबन्धसंग्रहको समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। उनीहरूले वातावरणीय मुद्दालाई समेट्दै लेखिएको यस्ता कविता तथा निबन्धहरूले समाजमा चेतना जगाउन सहयोग पुर्‍याउने उल्लेख गरे।

दशौं संस्करणसम्म आइपुगेको वातावरण साहित्य गोष्ठीले केवल कविता र साहित्यको सौन्दर्य मात्र होइन, वातावरणीय चिन्तन र सामाजिक सरोकारलाई समेट्दै जनमानसमा प्रभाव पार्न सफल भएको सन्देश दिएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली