काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश भागमा आंशिकदेखि पूर्ण बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बुधबारको लागि मौसम पूर्वानुमान हेर्दा कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भेगहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ। यिनै क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित…