२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

देशभर मनसुनको सक्रियता: केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध


१८ असार २०८२, बुधबार  

93
Shares

काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा मौसम बदलिँदो देखिएको छ। यसको प्रभावस्वरूप सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूसहित अधिकांश प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको समयभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र पहाडी भूभागमा वर्षा व्यापक हुने देखिएको छ भने अन्य भूभागमा पनि केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यससँगै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागहरूमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको पनि सम्भावना छ।

रातिको समयमा पनि मौसम समान रूपमा बदली रहनेछ। पहाडी क्षेत्रमा केही स्थानहरूमा र अन्यत्र थोरै ठाउँहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावित छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ