२६ बैशाख २०८३, शनिबार । May 9, 2026

देशभर मौसमी प्रणाली सक्रियः भारी बर्षाको सम्भावना


११ असार २०८२, बुधबार  

231
Shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश भागमा आंशिकदेखि पूर्ण बदली देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बुधबारको लागि मौसम पूर्वानुमान हेर्दा कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भेगहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ। यिनै क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि देखिएको छ।

त्यसैगरी, कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन भनिएको छ। साथै, सबै प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने संकेत दिइएको छ।

मौसमी प्रभावका कारण केही नदीहरूमा पानीको सतह बढ्न सक्ने, आकस्मिक बाढी, भूक्षय, पहिरोजस्ता प्रकोपको सम्भावना रहेकाले जनस्वास्थ्य, कृषि, यातायात र दैनिक जनजीवनमा असर पर्न सक्ने खतरा रहेको मौसम महाशाखाले जनाएको छ।

सुरक्षा र क्षति न्यूनीकरणका लागि समयमै आवश्यक सतर्कता अपनाउन महाशाखाले आम नागरिकलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक