१३ श्रावण २०८३, बुधबार । July 29, 2026

देशभर मनसुनी प्रभाव सक्रिय, वर्षा र सम्भावित प्रकोपप्रति सतर्कता अपील


१२ असार २०८२, बिहिबार  

159
Shares

काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

यसको असरस्वरूप हाल कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली देखिएको छ भने बाँकी पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने अवस्था छ। अन्य भूभागमा मौसम मुख्यतया खुला रहेको जनाइएको छ। हाल कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिनभर कर्णाली, सुदूरपश्चिम, र अन्य पहाडी क्षेत्रहरूमा केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ। कोशी र मधेस प्रदेशका केही तराई भूभागहरूमा हावाहुरी चल्ने सम्भावना छ। रातिको समय पनि आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको जोखिम रहेको बताइएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा वर्षासँगै हिमपातको पनि सम्भावना छ।

मौसमको यो अवस्थाले विशेष गरी नदीहरूमा जल सतह बढ्न सक्ने, गेग्रान बहाव आउन सक्ने, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्न सक्ने सम्भावना भएकाले महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जनसुरक्षा र पूर्वतयारीलाई मध्यनजर गर्दै नागरिकलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ७ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर