अछाम । बान्निगढी जयगढ गाउँपालिका–स्थित जयगढ बजारमा गएरातिको भीषण आगलागीले स्थानीय बासिन्दाको जनजीवन अस्तव्यस्त बनाएको छ। आइएमई केन्द्रमा रहेको ग्यास सिलिण्डर विष्फोटसँगै फैलिएको आगोले बजार क्षेत्र पूर्णरूपमा सखाप पार्दा २७ घर जलेर नष्ट भएका छन्। तीमध्ये ११ घरमा स्थानीय व्यापारीहरूले विभिन्न प्रकारका पसल सञ्चालन गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आगलागीबाट प्रारम्भिक अनुमानमा…